प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

धादिङमा ट्रक दुर्घटना हुँदा लामाको मृत्यु, तीन जना घाइते

२०८० माघ ३, बुधबार २०:१२ बजे

धादिङ – धादिङको खनियाबास गाउँपालिका–५ मा दाउरा बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका-५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको उनले बताए ।

दुर्घटना परी स्थानीय धनबहादुर तामाङ, मरुमाया तामाङ र शर्मिला तामाङ घाइते भएका छन् । उनीहरुको उद्धार गरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।