प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

करेन्ट लागेर एकजनाको मृत्यु

२०८० फाल्गुन ९, बुधबार १८:५५ बजे

भक्तपुर – भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।