हेटौंडा – धरानचतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ भोर्लेमा विहिबार साँझ मोटरसाइकल दुर्घटना भएको छ ।
ठुलोदमार तर्फबाट हटियातर्फ जाँदै गरेको ना ५२ प.४९३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडक किनारमा रहेको डिभाइडरमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटना पश्चात मोटसाइकल स्टाट नभएपछि चालकले मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई सामान्य चोटपटक लागेको स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएको बताईएको छ ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ भने हालसम्म चालक सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।