काठमाडौं – भीरबाट लडेर ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका वडा नं.७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
उनका अनुसार विगत ४ वर्षदेखि छारे रोगबाट पीडित उनी आफ्नै घर वरपर हिँडडुल गर्ने क्रममा घर नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।