काठमाडौं – जाजरकोट बारेकोट गाउँपालिका–५ पाखा गाँउमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उनी शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले टोकेर शाही घाइते भएका थिए। घाइते शाहीलाई उपचारको लागि स्थानीय र प्रहरी टोलीले स्ट्रेचरमा बोकी स्वास्थ्य चौकी लिम्सा जाजरकोटमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि नगर अस्पताल दल्लीमा लगिएको शाहीलाई शनिवार साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको पाण्डेले जानकारी दिए।