प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई सहायक हवलदार नाबालिग बलात्कारको आरोपमा पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार ०८:२४ बजे

काठमाडौं – दाङको राप्ती गाउँपालिका–१, भालुवाङमा सशस्त्र प्रहरी बलका दुई सहायक हवलदार नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत भरत रोकामगर र रेवन पचभैया मगरलाई यस अभियोगमा पक्राउ गरिएको हो।

लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कुबेर कठायतले पक्राउको पुष्टि गर्दै, घटनामा संलग्न दुई हवलदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छन्। असोज २४ गते दशैँको अवसरमा पिङ खेल्न गएको बेला ती दुई हवलदारले ८ वर्षीया र १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुल्न आएको छ।

घटना भएको केही समयपछि ढाकछोप प्रयास भए पनि अन्ततः पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरेहेको र दोषीमाथि कडा कारबाही हुने जनाइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरूपमा अनुसन्धान गरिरहेको यस गम्भीर घटनाले समाजमा कानूनको कार्यान्वयन र नाबालिगहरूको सुरक्षा सम्बन्धी सवाललाई गहिरो रुपमा उठाएको छ।