प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

छोराले गरे आमाको हत्या

२०८० असार १३, बुधबार ०२:०३ बजे

हेटौंडा – घाँटीमा धारिलो हतियार प्रहार गरेर एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा पारिवारिक विवादको क्रममा छोरा स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको हो । आमाको हत्या गरेर फरार भएको शिवकुमारलाई रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले छ । शिवकुमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।