प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० श्रावण ३२, बिहीबार १३:२९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटका ३२ वर्षिय अशोक स्याङतान रहेका छन् ।

बागमती प्रदेश प्रहरीका कार्यलय, हेटौंडाका अनुसार बुधबार साँझ खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेन्ट लाग्दा अशोक घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।