काठमाडौं – सरकारले आगामी वर्ष नयाँ गाडी खरिद नगर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८०र८१ को बजेट भाषण गर्दै नयाँ गाडी तथा फर्निचर खरिद नगर्ने निर्णय भएको जानकारी दिए।
यस्तै, सरकारले खर्च व्यवस्थापन गर्न इन्धन खर्च नगद रुपमै हस्तान्तरण गर्ने भएको छ। सार्वजनिक निकायको नयाँ दरबन्दी सेवा नगर्ने भएको छ। सवारी साधनको सुविधा पाउनेलाई गाडीको सट्टा नगदै दिने व्यवस्थाको सुरु गर्ने भएको छ।