प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

२०८१ मंसिर ४, मंगलबार २१:०३ बजे

काठमाडौं – डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते रहेका छन्।

मंगलबार कञ्चनपुरको दैजीबाट डडेल्धुराको सलेता जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बिष्टले जानकारी दिए। मृतकको सनाखत हुन बाँकी छ।

उनका अनुसार दैजीबाट यात्रु बोकेर जाँदै गरेको जिप दिउँसो दुर्घटनामा परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।