काठमाडौं – नेपाल साफ यू–१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
भारतसँग १–० को अन्तरले पराजित नेपाल प्रतियोगितामा लगातार दोस्रो हार व्यहोर्दै बाहिरिएको हो । भारतको जितमामोहम्मद अर्बाशले खेलको ३३ औं मिनेटमा गरेका थिए । उनले विशाल यादवको पासमा बक्स भित्रबाट गोल गरेका थिए ।
पहिलो खेलमा नेपालले बंगलादेशसँग १–० को हार बेहोरेको थियो । दुई खेलमा नेपालले एक गोल पनि गर्न सकेन । नेपालको समूहबाट भारत ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतले यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो । नेपाललाई हराएको बंगलादेश तीन अंक सहित दोस्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको छ ।