प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

होटेलबाट ब्राउन सुगर सहित एक जना पक्राउ

२०८० मंसिर २२, शुक्रबार ०९:४५ बजे

सिराहा – सिराहा प्रहरीले लहानको माखनभोग होटेलबाट प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको वडियारपट्टी गाउँपालिका १ बडहरीका ४६ वर्षिय ग्रिस प्रसाद यादव रहेका छन् ।

होटेलमा बसिरहेको अवस्थामा यादवमाथि शङ्का लागि चेक जाँच गर्ने क्रममा ४९ ग्राम नौ सय मिलिग्रा मब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

प्रहरीले उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटर साइकलसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।