क्षितिज सरगम (रिकेश) – अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ मा २०५४ साल फागुन २५ गते बुबा मौरे बिक र आमा हिरा बिकको माईली छोरी हुन् देवु बिक ।
२०७१ साल मंसिर महिनामा आफ्नै छिमेकी गाउँमा विवाहको हेर्न गएकी देबुलाई पञ्चदेवल विनायक–५ कै गौंतिबग्ण टोलमा बस्ने पहरामा विकका छोरा जनक विकले जबर्जस्ती हात हालेर/तानेरे लगे ।
जनकले आफ्नो छोरी तानेर गरेको गाउँ भरि हल्ला फैलियो । गाउँको ठाउँमा गाउँले कुरा काट्ने डरले छारीलाई फर्काएर ल्याउने आँट मौरेलाई आएन । उनी छोरी देवुले गाउँसमाजको डरले पनि विवाह गर्ने इच्छा नहुँदा हुँदै विवाहमा स्विकार गरिन् ।
सानै उमेरमा जबर्जस्ती विवाह बन्धनमा बाँधिएकी देवु मनका इच्छा र आकांक्षाहरु पिल्साएर वैवाहिक जीवन बिताउन थालेकी थिइन् । विवाह भएको बर्षदिन नवित्दै पहिलो सन्तान रुपमा छोरा जन्मियो ।
उनले केही बर्षपछि दोस्रो सन्तानको रुपमा छोरीलाई जन्मदिइन् । उनको छोरा छ र छोरी साँढे तीन भयो ।
उनको श्रीमान जनक भने भारतमा काम गर्थे । उनी चार्डपर्वमा घर आउने र कामको लागि भारत जाने गर्थे । सुख, दुख जिवन विताईरहेकी देवुको स्वास्थ्यमा समस्या देखियो ।
श्रीमान जनकले बेलापछि उनी उपचार पाउने आशमा भारत पुगिन् । तर, त्यो आश निराशामा परिणत भयो ।
जनकाले भारत पुनामा श्रीमतीलाई उपचार गर्न बोलाएर जाँडरक्सी पिएर देबुमाथि कुटपिट सहनु पर्यो । घरायसी झगडा दैनिक हुन थालेपछि उनका आफन्तहरुले पटक–पटक सम्झाई बुझाई गरे ।
तर, उनीहरुको परालको आगो कहिले रोकिएन । सम्बन्धविच्छेद् गर्ने कुरा पनि चल्यो । तर, सम्बन्धविच्छेद् हुन सकेन् ।
उपचारको आशमा कमजोर शरीर लिएर भारत पुगेकी देबुको धेरै आफन्तले जनकलाई सम्झाई बुझाई गरे । ढुङ्गो पग्लिएला जनको मन पग्लिएन ।
उनले आफ्नो बारेमा बाहिर नराम्रो कुरा गर्दै हिडेको भन्दै ज्यान मार्ने धम्की दिए । देवुका दाजु भरतका अनुसार ज्यान मार्ने धम्की दिएपछि यही श्रावण १० गते उनीहरु मुम्बई निस्किएका थिए ।
मुम्बई आएको भोली पल्टै फेरि देवु माथि कुटपिट भयो । जनकले उनीमाथि दैनिक कुटपिट गर्न थाले । त्यो कुटपिट कहिले रोकिएन । मुम्बाई गएको १३ दिनपछि भाद्र ७ गते जनकले देवुको शरिरमा आगो लगाईदिए ।
लामो समयदेखि श्रीमान जनकको कुटाईबाट बाँचेकी देवु उनले लगाएको आगोबाट भने बाँच्न सकिन । उनको मुम्बईस्थित जि.जी. हस्पिटलमा उपचारको क्रममा भाद्र २८ गते मृत्यु भएको बाबु मौरे विकले बताए ।
‘छोरीलाई आगो लगाएको कुरा पत्यार लागेको थिएन, भोली पल्ट भेट्न जाँदा छोरीको मृत्यु भएको रहेछ,’ बाबु मौरेले भने ।
विगतमा जनकले आफ्नो छोरीमाथि गर्ने व्यवहारलाई आधार मान्ने हो भने जनकले नै छोरीको हत्या गरेको मौरे बताउँछन् । उनले आफ्नो छारीलाई शरिरमा डिजेल छर्केर आगो लगाएको हुन सक्ने बताए ।
घटनाको बारेमा मुम्बईस्थित कोलाबा पुलिस चौकीमा उजुरी दर्ता गरापनि अचेत अवस्थामा रहेकी देवुको बयानलाई आधार मान्दै पक्राउ परेका जनकलाई छाडिदिएको छ । घटनाको बारेमा राम्रोसंग छानविन हुनुपर्ने उनीहरुको माग छ ।
अचेत अवस्थामा लिइएको देवुको बयान भन्दा पनि घटनाको गहिराहीमा पुगेर अनुसन्धान गर्नुपर्ने उनीहरुको माग छ । दोषीलाई कारवाही हुनुपर्ने पनि माग राखेका छन् ।
देशभन्दा बाहिरको घटना भएपनि स्थानीय प्रशासन, महिला अधिकारकर्मी, मानवअधिकार आयोग लगायतका सरोकारवाला निकायले यस घटनाको अनुसन्धानको लागि सहयोग गर्न मृतका आफन्तले आग्रह गरेका छन् । जनकलाई नेपाल झिकाएर नेपालको कानुन अनुसार कारवाही गर्नु उनीहरुको भनाई छ ।