प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आफ्नै घरको आँगनमा मृत भेटिइन् तामाङ

२०८० बैशाख २७, बुधबार ०१:३६ बजे

हेटौंडा – आफ्नै घरको आँगनमा काभ्रेपलाञ्चोकमा एक महिला मृत भेटिएकी छन् ।

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५, पौडेल चोक बस्ने ७० वर्षीया ठुली माया तामाङ मंगलबार आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।