प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हत्या गरेको अभियोगमा भुषाल दम्पती पक्राउ

२०८० फाल्गुन १९, शनिबार १९:५४ बजे

हेटौंडा – हत्या गरेको अभियोगमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । नुवाकोट किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेक प्रसाद भट्टको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रसुवा कालिका गाउँपालिका–२ धेवुगं बस्ने ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छ्न ।

किस्पाङ गाउँपालिका–५ खत्रीकुना जंगलमा टेक प्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासबाट पक्राउ गरेको हो ।

उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा ललाई फकाई लगि दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट ७ दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।