हेटौंडा – मुलुकको प्रमुख भन्सार नाका,वीरगन्ज भन्सार नाकाबाट गएको आर्थिक बर्षमा उक अर्बभन्दा बढीको श्रृगारको सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९।०८० मा १ अर्ब,१५ करोड, ८१ लाख,८१ हजारको बिभिन्न प्रकारका श्रृगारका सामानहरुको आयात भएको छ ।
खासगरी महिलाहरुले लगाउने लाली,क्रिम लगायतका श्रृगारका सामानहरु यस भित्र पर्ने वीरगन्ज भन्सारका अधिकारीहरुले बताएका छन् । गएको आर्थिक बर्षमा यसको आयातको क्रम बढेको हो । अघिल्लो आर्थिक बर्ष २०७८।०७९ को तुलनामा गत आर्थिक बर्षमा श्रृंगारको सामान आयात बढेको भन्सारको अभिलेखमा उल्लेख छ ।
अघिल्लो आर्थिक बर्षमा यो नाका भएर ९७ करोड, २६ लादख,६६ हजारको मात्रै श्रंगारको सामानहरु आयत भएको थिए । श्रंगारका सामानहरु भित्रने प्रमुख नाका वीरगन्ज भए पनि अन्य नााबाट पनि यसको आयात हुने भएकाले नेपालमा श्रंगारको सामान आयातको दर बढ्ने सक्ने भन्सार अधिकारीहरुको तर्क छ ।
यस्ता प्रकारका श्रंगारका सामानहरु छिमेकी देश भरत सहित यूरोप लगायतका देशहरुबाट नेपाल भित्रने गरेको पाइएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार नेपाल भित्रने यस्तो श्रंगारको सामान प्रन्धौं नम्बरमा परेको छ । एक नम्बरमा भने गत आर्थिक बर्षमा डिजेल परेको छ ।