प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको भाउ घट्यो

२०७९ माघ ८, आईतबार ०६:५९ बजे

काठमाडौं – नेपाली बजारमा आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ।

शुक्रबार तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।