काठमाडौं – ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हो ।
बसमा २९ जना यात्रु रहेको प्रहरीको अनुमान छ। ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ । थप विवरण आउन बाँकी रहेको जनाइएको छ।