प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

कारको ठक्करबाट एक जनाको मृत्यु

२०७९ जेठ २६, बिहीबार ०९:०६ बजे

हेटौंडा – बाँकेको जानकी गाउँपालिका ६ कोठारपुरमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् ।

गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । बा ४ च १९७५ नम्बरको कारले बिहिबार बिहान ५ बजे उनलाई ठक्कर दिएको हो ।

दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।