प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा

२०७९ श्रावण १८, बुधबार ०६:२८ बजे

काठमाडौं – पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा आएको छ ।

केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण गएराती २ बजेदेखि सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

पहिरोको जोखिम भने उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।