प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाघको छाला र हड्डी सहित दुई जना पक्राउ

२०८० जेठ २६, शुक्रबार १०:५६ बजे

हेटौंडा – दाङ लमही नगरपालिका–९ अमिलियाबाट बाघको छाला र हड्डी जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका(३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघकै हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।