प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

२०८० पौष २०, शुक्रबार १८:०५ बजे

हेटौंडा – ज्यान मार्ने धम्की दिई रकम मागेको अभियोगमा रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फतुवा बिजयपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय श्रीभगवान साह रहेका छन् ।

प्रहरीका अनुसार उनले एक व्यापारीलाई पटक–पटक फोन गरी उनी र उनका छोराछोरीलाई ज्यान मार्ने धम्की दिई ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम माग गरेका थिए । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो ।

साथै सोही घटनामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।उनी उपर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।