हेटौंडा – स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत फ्रेन्ड्स क्लब र एपीएफ क्लबविचको खेल प्रभावित भएको छ । भारी वर्षाका कारण हेटौंडाको पिप्ले क्याम्पा रंगशाला जल मग्न भएपछि खेल अवरुद्ध भएको हो ।
आज अवरुद्ध भएको खेल कहिले गर्ने विषयमा भने टुङ्गो लगोको छैन । भोली (सोमबार) खुमलटार र नेपाल पुलिस क्लबविचको खेल भएकोले दुबै खेल एकैदिन गर्ने नगर्ने विषयमा छलफल गर्न लागिएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
फ्रेन्ड्स क्लब र एपीएफ क्लबविच खेल आज अपराह्न ४ बजेको लागि तय गरीएको थियो ।