हेटौंडा – मकवानपुर मनहरी गाउँपालिका वडा नं.८ दारिमबासबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं.८ रंगपुरटारी बस्ने ५० वर्षीय शेख भिखारी रहेका छन् ।
कान्द्राङबाट मनहरीतर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्बरको यात्रुवाहक बसमा सवार भिखारीलाई चेकजाँच गर्दा एक किलो लागुऔषध अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषधसहित भिखारीलाई नियन्त्रणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।