प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बागमती प्रदेशको खेलकुद महाकुम्भ आजदेखि

२०८० जेठ ७, आईतबार ०४:४३ बजे

हेटौंडा – दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता औपचारिक रुपमा आईतबारबाट सुरु हुदैछ । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा एक भब्य समारोहका बीच प्रतियोगिता सुरु हुन लागेको हो । अपराह्न साढे तीन पाँच बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय छ । 

उदघाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, प्रदेशका जिल्लाका सांस्कृतिक झाँकी प्रदर्शनी, ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र आतिसबाजीसमेत गरिने छ । उद्घाटन समारोहमा गायिका रचना रिमाल र बाल गायक जेनिस उप्रेतीले सांङ्गीतिक प्रस्तुती दिनेछन् भने कार्यक्रम सञ्चालन निर्देशक तथा कलाकार दिनेश डिसीले गर्नेछन् । 

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित बामगती प्रदेश खेलकुद बिकास परिषदले देशकै पहिलो पटक प्रदेश स्तरको गत बर्षबाट खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । 

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार दोस्रो संस्करणमा प्रतियोगितामा १३ खेल समावेश गरिएको छ । १३ खेलमा महिलारपुरुष गरी प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीहरुले २ सय १९ स्वर्ण २१९ रजत र ३५६ कास्य गरी कुल ७९४ पदकका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको ९ खेल मकवानपुर, दुई खेल काठमाडौं, चितवन र ललितपुरमा एकरएक खेल हुनेछ । प्रतियोगिता अन्तर्गत पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ भने महिला फुटबल गौरीटार रंगशालामा हुनेछ । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आई।टि।टिफ। तेक्वान्दोको खेल हुनेछ ।

त्यस्तै बक्सिङ्ग महिलारपुरुष हेटौंडा–४ स्थित कर्भड हलमा हुनेछ भने व्याटमिन्टन महिलारपुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा हुनेछ । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा हुने तय भएको भएको सदस्य सचिव भण्डारीले जानकारी दिए । महिला फुटबल बाहेक अन्य खेलको महिला पुरुष दुबैको खेल एकै स्थानमा हुने उनले बताए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको समापन जेठ १३ गते पिप्ले क्याम्पा रंगशालामै हुनेछ ।