प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

मकवानपुरको नयाँ एसपी बामदेव गौतम

२०७९ श्रावण ८, आईतबार १४:३९ बजे

हेटौंडा – नेपाल प्रहरी प्रधान कार्यालयले सात जिल्लाको प्रहरी उपरीक्षक(एसपी)सहित ११ जना एसपीको सरुवा गरेको छ । कार्यलयले सार्वजनिक गरेको बिवरण अनुसार मकवानपुर प्रहरी प्रमुखको रुपमा एसपी बामदेव गौतम आउँने भएका छन् ।

मकवानपुरका तत्कालीन प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ्ग एसएसपीमा बढुवा भएर सरुवा भएपछि काठमाडौं उपत्यका इन्टेलिजेन्स शाखामा कार्यरत एसपी गौतम मकवानपुर जिल्लाको शन्ति, सुरक्षा सम्भाल्न आउँने भएका हुन् । उनी यसअघि मकवानपुर प्रहरी प्रवक्ता समेत भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेत, रौतहटमा वीरबहादुर बुढामगर र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।

त्यस्तै भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा, कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा, सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा र युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।