प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट स्याङतानको मृत्यु

२०७९ चैत्र १५, बुधबार ०७:३२ बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ जादै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकललेठक्कर दिँदा पैदलयात्री बकैया गाउँपालिका–८ खजुरीदमार बस्ने ५० वर्षिय दिल बहादुर स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक फरार रहेपनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।