प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

२०८० बैशाख ३, आईतबार १०:०७ बजे

काठमाडौं – मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले आईतबार रोहित पौडेलको कप्तानीमा प्रिमियर कप खेल्ने १४ सदस्सीय टोलीको घोषणा गरेको हो।

टोलीमा रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् । यस्तै गुलशन झा, प्रतिस जीसी, भीम सार्की, करण केसी र ललितनारायण राजवंशी पनि नेपाली टोलीमा छन् ।

नेपालले घरेलु मैदानमा यो प्रतियोगिता खेल्दैछ । एसियन क्रिकेट काउन्सिल९एसीसी० को आयोजनामा हुने प्रतियोगिता मंगलबारदेखि सुरु हुनेछ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

समूह ए मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् ।

नेपाली टोली 

कुशल भुर्तेल, भिम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी,रोहित पौडेल(कप्तान),कुशल मल्ल, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, गुलशन झा,सोमपाल कामी, करण केसी,सन्दीप लामिछाने

वैकल्पिक खेलाडी
किशोर महतो,अर्जुन साउद,सन्दीप जोरा र सुर्य तामाङ