प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सन्दीप लामिछाने पाकिस्तान जाने

२०८० भाद्र १०, आईतबार १५:५२ बजे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार सन्दीप भोलि सोमबार बिहान पाकिस्तान जाने छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्धाको पेशी स्थगित भएको थियो । आईतबार प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्धा हेर्दा हेर्दैमा राखिएको थियो । मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएको छ । यसकारण सन्दीपलाई एसिया कपमा सहभागी हुने बाटो खुलेको हो ।

एसिया कपमा सहभागी हुन नेपाली टोली मंगलबारनै पाकिस्तान गएको थियो । तर सन्दीप लामिछाने मुद्दाका कारण जान पाएका थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।