प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सहकारी संस्थाको सेफ बाकस चोरीमा संलग्न चार जना पक्राउ

२०८० बैशाख ८, शुक्रबार १२:५० बजे

हेटौंडा – सहकारी संस्थाको सेफ बाकस चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका–५ बस्ने ४० वर्षीय दिलिप कुमार चौधरी, सोही ठाउँ बस्ने २८ वर्षीय ईरज धामी, सर्लाही लालबन्दी नगरपालिका–२ पुनरबास टोल बस्ने ३५ वर्षीय मिथुन पासवान र ईश्वरपुर नगरपालिका५ नरेशखोर टोल बस्ने २६ वर्षीय मिथिलेश महत्तो रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले मोरङ ग्रामथान गाँउपालिका(२ झोराहाटस्थित सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गत चैत २ गते राती फलामको सेफ बाकसमा राखेको ७ लाख ७७ हजार १८ रूपैयाँ चोरी गरेका थिए । उक्त चोरीमा उनीहरूको संलग्नता भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूमध्ये दिलिप कुमार चौधरी, ईरज धामी र मिथुन पासवानलाई जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने मिथिलेश महत्तो २ लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।