काठमाडौं – पोखराको सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका–्र्र४ की २० वर्षीया वर्षा कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार पृथ्वी चोकबाट सृजना चोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०३–००१ क २६३ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुमालको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सांकेतिक तस्बीर