प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

युके पठाइदिन्छु भन्दै साढे १३ लाख झ्वाम

२०७९ भाद्र ३१, शुक्रबार ०५:५१ बजे

हेटौंडा – युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोलुखुम्बु दुधकोशी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कार्कीले केही व्यक्तिहरुलाई वर्किङ भिषामा युके लगाएतका देशहरुमा रोजगारीको लागी पठाईदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्वाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।