प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० भाद्र ८, शुक्रबार ०३:२२ बजे

हेटौंडा – महोत्तरीको जलेश्‍वर नगरपालिका ९ प्रकौली चोकमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सन्तोष यादव रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । मिथिला ईन्सिच्युट अफ टेक्नोलोजी स्कुल जनकपुरको बा २ क १५३६ नम्बरको बसले ज ८ प ९२६७ मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बस नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला कार्यालय महोत्तरीले जनाएको छ ।