काठमाडौं – अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घामबहादुर विक, उनकी श्रीमती राममाया विक, छोराहरू नवीन विक र राजन विक तथा छोरी अस्मी पटेल रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका गोठे विक र श्रीमती गोरी विकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
कपिलवस्तुमा वाणगङ्गा नदीले तीन जनालाई बगाउँदा वाणगङ्गा नगरपालिका–९, झिनुवा निवासी राममाया सुनारको मृत्यु भएको छ । उनका श्रीमान् दिलकुमार सुनारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । छोरालाई भने सकुशल उद्धार गरिएको छ ।गोरखापत्रबाट