प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी प्रहरी फन्दामा

२०८१ बैशाख १८, मंगलबार १९:५० बजे

काठमाडौं – नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डे रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला प्रहरी कार्यालय बुटवलको सहयोगमा सोमबार आरोपित पाण्डेलाई नियन्त्रणमा लिएको हो।

ती कर्मचारी ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालयमा ल्याइएका लाइसेन्सको नम्बर राखेर अर्को नक्कली लाइसेन्स बनाउँदै बिक्री गर्ने गरेको खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

उनीविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा मङ्गलबार जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी सीआईबीले अनुसन्धान अघि बढाएको छ।