हेटौँडा। हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले मकवानपुर जिल्लाको शिक्षा क्षेत्र फेरि एक पटक बहसको बिषय बनेको छ ।
समग्रमा अघिल्लो वर्षको तुलनामा उत्तीर्ण प्रतिशतमा सुधार देखिए पनि सामुदायिक विद्यालयहरूको प्रदर्शन अझै सन्तोषजनक देखिएको छैन ।
हेटौंडा उपमहानगरपालिका–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कूलकी रितिका छत्कुली मकवानपुर जिल्लाबाट पूर्ण ४.० GPA ल्याउने एकमात्र छात्रा बनेकी छिन् ।
उनी पाँच हजार सात सय ५२ जना विद्यार्थीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला टप गरेकी हुन् ।
जिल्लाभरिका १० स्थानीय तहबाट यस वर्ष ५ हजार ८२२ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ हजार ७६२ जना मात्र उत्तीर्ण हुन सफल भएका छन् भने ३ हजार ५७ जना अनुत्तीर्ण भएका छन् ।
जिल्लाका ६ विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् भने ७ विद्यालयले एकजना पनि विद्यार्थी पास गर्न सकेनन् ।
पछिल्ला दुई वर्षको तुलनात्मक विवरण हेर्दा २०८० मा मकवानपुरबाट ५ हजार ९२५ जना परीक्षार्थी सहभागी भएका थिए, जसमा २ हजार ६१ जना मात्र उत्तीर्ण भएका थिए ।
त्यो वर्ष उत्तीर्ण प्रतिशत ३६.५ मात्र थियो, जुन दर यस वर्ष ४७.४ मा उक्लिएको छ । स्थानीय तह अनुसार विश्लेषण गर्दा हेटौँडा उपमहानगरपालिकाले ५४.५ प्रतिशतबाट सुधार गर्दै ६१.८ प्रतिशतको नतिजा ल्याउँदै अग्रता लिएको छ।
त्यस्तै, थाहा नगरपालिकाले २७.५ प्रतिशतबाट ४४.३ प्रतिशतमा, मकवानपुरगढी गाउँपालिकाले १५.३ प्रतिशतबाट ४३.७ प्रतिशतमा र मनहरी गाउँपालिकाले २३.९ प्रतिशतबाट ३३.१ प्रतिशतमा सुधार गरेका छन्।
यी पालिकाहरूको सुधार दर उल्लेखनीय मानिएको छ। यद्यपि, राक्सिराङ गाउँपालिकाको नतिजा भने ९.८ प्रतिशतबाट झरिदै ६.५ प्रतिशतमा झरेको छ, जसले त्यहाँको शिक्षा क्षेत्रमा गहिरो संकट रहेको स्पष्ट संकेत गर्छ।
त्यस्तै, बकैया, भिमफेदी, बागमती र कैलाश गाउँपालिकाहरूको प्रदर्शनमा पनि न्यून सुधार देखिएको छ।
विवरण तालिकासहित:
| पालिका | २०८० सालको नतिजा (%) | २०८१ सालको नतिजा (%) | सुधार दर (%) |
|---|---|---|---|
| हेटौंडा उपमहानगरपालिका | ५४.५ % | ६१.८ % | ७.३ % |
| थाहा नगरपालिका | २७.५ % | ४४.३ % | १६.८ % |
| मनहरी गाउँपालिका | २३.९ % | ३३.१ % | ९.२ % |
| इन्द्रसरोवर गाउँपालिका | १६.७ % | ३६.२ % | १९.५ % |
| मकवानपुरगढी गाउँपालिका | १५.३ % | ४३.७ % | २८.४ % |
| बकैया गाउँपालिका | १२.९ % | १८.० % | ५.१ % |
| भीमफेदी गाउँपालिका | ९.८ % | २३.४ % | १३.६ % |
| राक्सिराङ गाउँपालिका | ९.८ % | ६.५ % | -३.३ % |
| बागमती गाउँपालिका | ८.० % | १६.६ % | ८.६ % |
| कैलाश गाउँपालिका | ५.५ % | २३.२ % | १७.७ % |
थाहाका कुनै पनि विद्यालयको नतिजा शून्य छैन। यहाँका १९ विद्यालय (सामुदायिक र संस्थागत) मध्ये सबैबाट केही न केही विद्यार्थी उत्तीर्ण भएका छन् ।
६ विद्यालयमध्ये कालिदेवी मावि (५ नं वडा) बाट सहभागी ११ मध्ये सबै अनुत्तीर्ण। पालिकाभर ८४ जना सहभागीमध्ये १४ मात्र उत्तीर्ण।
१० विद्यालयमध्ये २ वटा विद्यालय (वंशगोपाल मावि – ३३ जना, रानीसेरा मावि – २७ जना) का सबै विद्यार्थी फेल । कुल ३०० मध्ये ४६ मात्र उत्तीर्ण।
८ विद्यालयमध्ये २ वटा विद्यालय (कोगटे मावि – ८ जना, लेकाली बेसीफाँट मावि – २२ जना) को नतिजा शून्य । २१४ मध्ये २१ मात्र उत्तीर्ण।
११ विद्यालयमध्ये ३ वटा विद्यालय (पशुपति मावि, महेन्द्र ज्योती मावि, सीता मावि) का सबै विद्यार्थी फेल। ४७३ मध्ये ११३ उत्तीर्ण।
कालिका मावि, राक्सिराङ–४ का १० विद्यार्थीमध्ये सबै फेल। पालिकाभर २३४ मध्ये २३ मात्र उत्तीर्ण।
११ विद्यालयमध्ये २ वटा विद्यालय (जनजागृती मावि – २६ जना, प्रसिद्ध मावि – १३ जना) मा एकजना पनि उत्तीर्ण नभएको। कुल ४०४ मध्ये ५२ उत्तीर्ण।
५ विद्यालयमध्ये २ विद्यालय (बागमती मावि – ६३ जना, बाघ भैरव मावि – १० जना) का सबै विद्यार्थी अनुत्तीर्ण। ३३९ मध्ये २७ उत्तीर्ण।
६ विद्यालयमध्ये २ विद्यालय (रत्नज्योती मावि – २४ जना, कमलादेवी मावि – २६ जना) का सबै विद्यार्थी फेल। १९९ मध्ये ११ मात्र उत्तीर्ण।
५४ विद्यालयमध्ये त्रिभुवन मावि, हटिया (हेटौंडा–१८) मा सबै विद्यार्थी अनुत्तीर्ण ।