प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सप्तकोशीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन, सवारी साधनलाई रोक

२०८१ आश्विन १२, शनिबार २१:३१ बजे

सुनसरी – सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

शनिबार साँझ सप्तकोशीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुसहित आकस्मिक बाहेकका सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।