प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

५० लाख दाइजो नदिएको भन्दै विवाह रद्द गर्न खोजेपछि...

२०८० असार १३, बुधबार ०१:४७ बजे

हेटौंडा – मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन्।

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको, बेहुलीलाई गाली र हातपात समेत गरेको हुँदा रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उक्त बिवाहमा बिवाह खर्च वापत केटा पक्षले पटक पटक गरी  २२ लाख रुपैयाँ लगेको बताईएको छ । 

उक्त घटनाको सम्बन्धमा प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्ती अनुराग रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट दिन–५ को म्यादथप अनुमति लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।