प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घटनामा परी दुई जनाको मृत्युु

२०८० कार्तिक ७, मंगलबार २०:२७ बजे

बैतडी – बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्युु भएको छ । जिल्लाको पाटन नगरपालिका –५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन् ।

चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका –५ कद्वारस्थित भीरबाट दुईसय मिटर तल मृत भेट्टिएका हुन् । सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै, भीरबाट लडेर पाटन नगरपालिका वडा ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिक रहेको लिसान्गड भीरबाट लडेका थिए । भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी लैजाँदैगर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ । रासस