हेटौंडा – जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ परेका छन् ।
काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अशोक राना लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १लाख ५६ हजार १ सय रुपैयाँ, १ बुक तास र १३ थान मोबाइल सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ कपन प्रगति चोक बस्ने लब्जी बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१२ कपन बस्ने ५२ वर्षीय चन्द्र बहादुर लामा लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ३ सय ५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेक हो ।
यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ कपन गुरुङटोल बस्ने गोमे गरुङको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप घर भएका ५३ वर्षीय शिव बहादुर गुरुङ लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ६५ वर्षीय बलराम थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा बलराम लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ८ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने ४५ वर्षीय कुमार कार्कीको युएण्डमी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय मिलेन्द्र कुमार रन्जित लगायत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।