प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

नारायणीमा बगेका व्यक्तिकाे सकुशल उद्धार

२०८२ असार ८, आईतबार १८:११ बजे

काठमाण्डाै । सशस्त्र प्रहरीले नारायणीमा बगेका व्यक्तिको सकुशल उद्धार गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिनुभयो ।

झन्डै ४०/५० वर्षीय पुरुष नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको र उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवनमा पठाएको सह–प्रवक्ता थापाले बताउनुभयो ।

बग्दै आएका व्यक्तिले आफ्नो पहिचान खुलाएका छैनन् ।