मकवानपुर – बारामा यात्रुबाहक बस पुलबाट २५ मिटर तल खोलामा खस्दा दुई जना गम्भीर घाइते भएका छन्। धनगढी हुँदै विराटनगर चल्ने ना ६ ख ९०३० नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ३ नम्बरको पक्की पुलबाट खसेको थियो।
मंगलबार अपरान्ह्र खोलामा खसेको बसमा ३० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालय बाराको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। जसमा २८ जना घाइते भएका थिए ।
प्रहरीका अनुसार हेटौंडा अस्पताल ९ जना घाइते उपचाररत छन् भने १० जना डिस्चार्ज भएका छन् । ७ जना घाइते पुरानो र नयाँ मेडिकल कलेज चितवनमा उपचाररत छन् भने वीरगञ्जतर्फ १ जना रिफर गरिएको प्रहरीले जनाएको छ । हेटौंडा अस्पतालबाट १ जना घाइते आफु खशी गएको प्रहरीको भनाई छ ।