हेटौंडा – धनुषामा आफ्नै भतिजको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्र
हरीका अनुसार रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।