प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गाई काटेको आरोपमा बाबुछोरा पक्राउ

२०८० पौष २५, बुधबार १४:५४ बजे

हेटौंडा – गाईको बाच्छी काट्दा काट्दै चितवनबाट दुई जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं.१७ गोब्रेनीबाट गाईको मासु सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं.१७ गोब्रेनी बस्ने ६० बर्षीय रामगोपाल तामाङ र उनको छोरा ३० बर्षीय मसिने तामाङ रहेका छन् । उनीहरुले आफ्नै घरमा गाईको बाच्छी काटेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेको थियो । 

त्यहाँ पुगेको प्रहरीले करिब २० किलो गाईको मासु र मासु काट्ने औजार सहित तामाङ बाबुछोरालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।