हेटौंडा – ललितपुरको बालकुमारीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक काभ्रेपलाञ्चोकका २१ वर्षीय विपिन न्यौपाने र पछाडि सवार मकवानपुर घर भएका २१ वर्षीय कार्साङ घलान रहेका छन् ।
घाइते दुबैको गोर्को स्थित बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये घलानको अवस्था भने गम्भीर रहेको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार शुक्रबार बेलुकी सवा ७ बजे, कोटेश्वरबाट ग्वार्को तर्फ आँउदै गरेको बा ८९ प २३७१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको थियो ।