प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लगातार दुईवटा भूकम्प

२०७९ चैत्र ३, शुक्रबार ०५:१४ बजे

बैतडी – बैतडीमा बिहीबार बेलुका लगातार दुईवटा भूकम्प गएका छन्।

बेलुका ६ बजेर २५ मिनेटमा ३.२ र ६ बजेर २६ मिनेटमा ३.५ रेक्टर स्केलका भूकम्प गएको हो।

दुवै भूकम्पको केन्द्रविन्दु बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिए।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा केन्दविन्दु बनाएर भूकम्प गइरहेको छ।