प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लोमान्थाङको चुङजुङमा बाढी

२०८२ असार २४, मंगलबार १९:०६ बजे

काठमाडौँ ।  लोमान्थाङको चुङजुङ गाउँमा करिब एक घन्टादेखि बाढी आइरहेको छ ।

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले खोलामा अकस्मात बाढी आएको र दुई तीनवटा पुल बगाएको सूचना पाएको बताए ।

उनका अनुसार यो खोला लोमान्थाङ हुँदै कालीगण्डकीमा मिसिन्छ । उनले कालीगण्डकी वरपर पनि सतर्क रहनुपर्ने अवस्था देखिएको बताए ।

चुङजुङ खोला वडा नम्बर ४, १ र २ हुँदै अघि बढेको उनले बताए ।  उनले भने, 'अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण आएको छैन ।'