हेटौंडा – रुपन्देहीको बुटवल उपमहानगरपालिका ५ पुरानो बसपार्कमा आज बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका १५ घर भएका ४५ वर्षीय युवराज चौधरी रहेका छन् ।
प्रहरीका अनुसार गम्भिर घाइते भएका चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बसपार्कबाट सडकमा निस्कदै गरेको लु १ ख ९११३ नम्बरको बसले पैदल हिडिरहेका चौधरीलाई आज बिहान ९ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।