प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नदीमा डुबेर एक युवकको मृत्यु

२०८० कार्तिक २४, शुक्रबार १७:२९ बजे

बर्दिया – बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बबईमा डुबेर मृत्यु हुनेमा गुलरिया—१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी भएको भएको बताए।

अन्सारी कसरी डुबे भन्ने प्रहरीले खुलाएको छैन। स्थानीयले भने तटबन्धका लागि तारजाली बुन्दै गरेका एक जनालाई भारतीय प्रहरीले पक्रन खोज्दा भाग्ने क्रममा बबई नदीमा डुबेर मृत्यु भएको दाबी स्थानीयको आरोप छ।

गुलरिया नगरपालिका—१० स्थित लटकनियामा बिहीबार अपरान्ह साढे ४ बजे भारतको लौकाहीबाट दुई वटा मोटरसाइकलमा सादा पोशाकका भारतीय प्रहरी प्रवेश गरेपछि डरले भाग्ने क्रममा २४ वर्षीय साहिद अन्सारीको मृत्यु भएको स्थानीयले दाबी गरे।