प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

२०८१ बैशाख ८, शनिबार १६:१३ बजे

काठमाडौं – सप्तरीको महादेवामा पोखरीमा डुबेर शुक्रबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका–५ भगवतपुर बस्ने दिपु मण्डलकी छोरी १२ वर्षीया भुमिका कुमारी मण्डल रहेकी छन् ।

मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर अशक्त भएकी उनको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।